शनिबार, जेठ ५ गते २०८१

उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ घट्यो

    २० चैत, काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    सुनको मूल्य केही घटे पनि चाँदी भने बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार