शनिबार, वैशाख २२ गते २०८१

आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै

आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै

    १९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।

    images

    नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामकसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।

    नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार