शुक्रबार, वैशाख २८ गते २०८१

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द गरियो : सांसद कान्तिका सेजुवाल

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द गरियो : सांसद कान्तिका सेजुवाल

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन रद्द गरियो : सांसद कान्तिका सेजुवाल

    १९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्द गर्नुको कारण खोजेकी छन् ।

    images

    सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसको जवाफ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दिनुपर्ने माग गरेकी हुन् ।

    उनले भनिन्, ‘शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु– राष्ट्रपति सुधार कार्यक्रमका लागि विभिन्न जिल्लाबाट प्रस्तावना आह्वान तीन महिना अगाडि गरियो । शिक्षा विभाग हुँदै शिक्षा मन्त्रालयमा पनि आइपुग्यो । तर एक्कासी कार्यक्रम किन रद्द गरियो ?’ उनले भनिन्, ‘यो प्रश्न मेरो मात्रै होइन्, दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरूको पनि हो ।’

    यो कार्यक्रम दुर्गम जिल्लाका विद्यालयका लागि आवश्यक रहेको उनको भनाइ छ । यो कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, प्रयोगशाला र प्राविधिक धार सञ्चालन हुने गरेको भन्दै उनले निरन्तरताका लागि आग्रह गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ