मंगलबार, जेठ १ गते २०८१

आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताए : अर्थ सचिव पुष्कर

आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताए : अर्थ सचिव पुष्कर

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताए : अर्थ सचिव पुष्कर

    काठमाडौँ ।  अर्थ सचिव डा. कृष्णहरि पुष्करले आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताएका छन् । आइतवार सिंहदरबारमा बसेको सङ्घीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस वर्ष बजेट निर्माण प्रक्रिया विगतको तुलनामा पूरा परिवर्तन भएको बताए । 

    images

    उनले शक्ति र पहुँचको आधारमा बजेट विनियोजन हुने काम यस वर्षबाट पूर्ण रूपमा बन्द हुने प्रतिबद्धता जनाए । उनले आगामी आर्थिक वर्षका लागि जुनसुकै योजना, परियोजनामा बजेट छुट्याउँदा सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने प्राविधिक कुराहरु पूरा गरेको हुनुपर्ने र प्रोजेक्ट बैंक तथा योजना आयोगमामा रहेको एमटिइएफ सिस्टममार्फत भएर आएका योजनाहरू मात्रै समावेश गरिने बताए । 

    उनले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र योजना बनाउन आग्रह गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट देखिएका आर्थिक शिथिलताको अन्त्य गर्ने, वित्तीय संस्थानहरूको विसंगतिहरुलाई पनि मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनालाई सबलीकरण गर्ने, संघीयताप्रतिको जनताको आस र भरोसा जगाउने गरी निर्माण हुने बताए । 

    सचिव पुष्करले समन्यायिक र समपूरुक रकम बढाउने र सशर्त अनुदान घटाउँदै लैजाने कुरामा सरकार अघि बढिरहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ