शनिबार, वैशाख २२ गते २०८१

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

    १८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी0-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    images

    नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

    दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

    बेन्च : विवेक यादव, आकाश चन्द, प्रतिश जि.सी र ललित राजवंशी,

    प्रतिक्रिया दिनुहोस

    थप समाचार