सोमबार, वैशाख ३१ गते २०८१

दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ : सांसद लामा

दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ : सांसद लामा

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ : सांसद लामा

    काठमाडौं । राप्रपाकी सांसद बिना लामाले दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको गुनासो गरेकी छन् । 

    images

    आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लामाले राज्यले गम्भीर भएर नसोच्दा १ ककिलो नुन किन्न घन्टौंसम्म हिँडेर जानुपने अवस्था रहेको बताएकी हुन्। उनले अरु दिन नसकेपनि कम्तीमा नागरिकलाई सहजरुपमा नुन दिन माग गरिन् ।

    सांसद लामाले प्रश्न गरिन  "दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?,’ । मुगुका बासिन्दाले नुन नपाएको गुनासो आएको भन्दै उनले घण्टौँ हिँडेर डिपोमा पुगे पनि नुन पाउन नसकेको बताइन् ।

    स्थानीय तहमा तीनवटा डिपो भए पनि नुन नपाइएको उनले बताइन् । अहिलेको सरकार र व्यवस्थाले जनताको गरिबी हटाउन सक्दैन भन्दै उनले व्यवस्था बदल्न समेत आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ