आइतबार, मंसिर २ गते २०८१

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

    नेपाली सिनेमासम्बन्धी सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ सञ्चालनमा आएको छ । द फिल्म नेपालले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाइएको छ ।

    images

    नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने ‘द फिल्म नेपाल’ मा नेपाली सिनेमा विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरू उपलब्ध हुनेछन् ।

    प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरू दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ ।

    अहिलेसम्म बनेका नेपाली फिल्महरू, तिनका कलाकार र निर्देशहरूका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरूको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक सञ्चालकहरूले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पुर्याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् ।

    नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बित्तिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ । भविष्यमा यही प्लेटफर्ममार्फत मल्टिप्लेक्सले सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना सञ्चालकको छ । 

    ‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने योजनाका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो,’ सञ्चालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पुर्याउने अपेक्षा गरेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार