शनिबार, मंसिर १५ गते २०८१

दुर्गा प्रसाईंको दाबी– गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ

दुर्गा प्रसाईंको दाबी– गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • दुर्गा प्रसाईंको दाबी– गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ

    काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछाने र प्रहरी प्रमुख (आईजीपी) वसन्त कुँवरले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको दाबी गरेका छन् ।

    images

    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनु भएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

    तर, गृहमन्त्री रवि लामिछानेले रोक्ने प्रयास गरेर जनतालाई नै सोधेर गर्ने पनि बताए । उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार