शुक्रबार, जेठ ४ गते २०८१

मुग्लिन ट्याक्सी दुर्घटना मृतक ५ जनाको पहिचान खुल्यो, १ जना वेपत्ता (नामावली सहित)

मुग्लिन ट्याक्सी दुर्घटना मृतक ५ जनाको पहिचान खुल्यो, १ जना वेपत्ता (नामावली सहित)

अखबार दैनिक
शनिबार, चैत १७ २०८०
  • मुग्लिन ट्याक्सी दुर्घटना मृतक ५ जनाको पहिचान खुल्यो, १ जना वेपत्ता (नामावली सहित)

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लन बजार नजिकै सिमलधारामा एका बिहानै भएको ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचैै जनाको पहिचान खुलेको छ ।

    images

    मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही स्थानका ४१ वर्षीय हरिमायां रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    यस्तै बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ कै ट्याक्सीमा सवार १८ वर्षीय दिवश रोकाय रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ