शुक्रबार, जेठ ४ गते २०८१

मुग्लिन दुर्घटना अपडेट : ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु

मुग्लिन दुर्घटना अपडेट : ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु

अखबार दैनिक
शनिबार, चैत १७ २०८०
  • मुग्लिन दुर्घटना अपडेट : ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सिमलधाराबाट त्रिशुली नदीमा एकाबिहानै खसेको ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ । 

    images

    ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो । मृतक सबैको घटनास्थलमा नै मृत्यु भएको हो ।
      
    मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

    इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

    तस्विरः विनोद श्रेष्ठ/मुग्लिन बजार

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ