शनिबार, वैशाख १५ गते २०८१

प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

    १६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनमा अघि बढेको बताएका छन् ।

    images

    शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले भनेका छन्, ‘२०७६ मा दुवै सदनबाट पारित भएको प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयन प्रक्रियामा लगिएको छ । यो कार्यान्वयनको निम्ति गृह मन्त्रालयअन्तर्गत समिति बनाएर अन्तिम चरणमा पुगेको छ ।’

    उनले भने , ‘२०७६ सालमा ऐन बने पनि कार्यान्वयनमा ढिलाइ हुनुको कारण संघीय प्रहरी ऐनको अभावमा प्रदेश प्रहरी ऐनमा जाँदा केही जटिलता रहेको सुरक्षा निकायले देखेर हो ।’ यसलाई सम्बोधन गर्ने गरी संघीय प्रहरी ऐनको मस्यौदा पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार