शुक्रबार, जेठ ४ गते २०८१

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु

    चैत  १६ काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ ।   भृकुटीमण्डपमा आज देखि १९ गतेसम्म एक्स्पो हुने भएको हो।

    images

    एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

    नर्सरी व्यवसायी सङ्घ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका छन् ।

    मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ