शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

    चैत १६ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार