काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन्।
सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।