शुक्रबार, जेठ ४ गते २०८१

एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ

एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ

    बारा । जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको छ । 

    images

    बाराको देवताल गाउँपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नम्बर २ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।

    यस्तै बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोद प्रसाद यादव पक्राउ परेका छन् । 

    उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ