शुक्रबार, जेठ ४ गते २०८१

सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

    सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । 

    images

    चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । 

    परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।  

    img-20240329-wa0000_RdnWxODdcM.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ