शुक्रबार, जेठ ४ गते २०८१

प्रेमीले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

प्रेमीले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

अखबार दैनिक
शुक्रबार, चैत १६ २०८०
  • प्रेमीले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

    चैत्र १६ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् ।

    images

    डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ ।

    सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन् । उक्त तस्बिर सहितका विवरणहरु सबै प्रहरीलाई बुझाइ सकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दल बहादुर महराले बताए । 

    किशोरीको कोठामा ‘सूसाइड नोट’ फेला परेको छ । उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन् । सूसाइड नोटमा परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन् । आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना गरेकी छन् । दुई पेज लामो नोटमा उनले आफु यो कारणले आत्महत्या गर्न लागेको भन्ने विषय खुलाएकी छैनन् ।

    परिवारका सदस्यहरुको भनाइ अनुसार बलायरलेनै सामाजिक सञ्जालमा सम्बेदनशील अंग देखाएको भिडियो सार्वजनिक गरेपछि यो घटना भएको दावी छ ।

    सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भनिएपनि आत्महत्या दुरुत्साहनमा भने मुद्धा परेको छैन् । तर मृतकका परिवारले सबै प्रमाणहरु प्रहरीलाई पेश गरेर सत्यतथ्य छानवीन गरि दोसी उपर कारवाहीको माग गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ