शनिबार, वैशाख १५ गते २०८१

मोन्टी देसाई भन्छन्- विश्वकपको यात्रा गर्नु खुसीको क्षण

मोन्टी देसाई भन्छन्- विश्वकपको यात्रा गर्नु खुसीको क्षण

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • मोन्टी देसाई भन्छन्- विश्वकपको यात्रा गर्नु खुसीको क्षण

    नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको बताएका छन् । उनले सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताए ।

    images

    आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले उक्त कुरा बताएका हुन् ।

    नेपालले विश्वकपअगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दैछ । सोही प्रतियोगिता अगाडिको बिदाई कार्यक्रममा देसाईले एसीसी प्रिमियर कपअगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

    यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षक देसाईको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको उनले बताए ।

    डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताए । मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

    नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै टी–२० विश्वकपअगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए । एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको उनको भनाइ छ ।

    क्यानका सचिव पारस खड्काले टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । क्यानले बिहीबार खेलाडीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गाना लगातयको उपस्थिति थियो ।

    फ्रेण्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

    यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ विरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो । टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार