शनिबार, वैशाख १५ गते २०८१

बाबुको किरिया बसेका दाजु-भाइले दिए एसईई परीक्षा

बाबुको किरिया बसेका दाजु-भाइले दिए एसईई परीक्षा

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • बाबुको किरिया बसेका दाजु-भाइले दिए एसईई परीक्षा

    चैत्र १५ स्याङ्जा । बाबुको किरियामा बसेका दाजु-भाइले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन्। पुतलीबजार नगरपालिका- ४ स्थित सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट संगम क्षेत्री र सौगात क्षेत्रीले अंग्रजी विषयको परीक्षा दिएका हुन्। बाबुको किरिया बसेको चौथो दिने आज अंग्रेजी विषयको पहिलो परीक्षा दिएका संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर रहेको छ।

    images

    फेदिखोला गाउँपालिका -४ का बासिन्दा उनीहरू सिदार्थ मावि फेदिखोलाका विद्यार्थी हुन्। शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा ४ हजार ९९ जना परीक्षार्थी सहभागी भएको जानकारी दिए।

    उनका अनुसार,पहिलो दिनको परीक्षामा १९ छात्रा र १६ छात्रगरी कूल ३४ जना विद्यार्थी सहभागी भए। स्याङ्जामा रहेका १ सय ६८ विद्यालयका ४ हजार १३३ परीक्षार्थीले स्याङ्जा भरका २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार