शनिबार, वैशाख १५ गते २०८१

सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

    १५ चैत, काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो ।

    images

    बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई सचिव बढुवा गर्नेछ । स्रोतका अनुसार १ नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा २३ कात्तिकयता कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन् ।

    दोस्रो नम्बरमा सिफारिस भएका केदारनाथ शर्मा ८ माघदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिव छन् । तेस्रो नम्बरमा सिफारिस भएका पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । वरीयता नमिची बढुवा भए लम्साल सचिवमा बढुवा हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार