शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि गत चैत ८ गते सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार