शुक्रबार, जेठ ४ गते २०८१

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । 

    images

    बिहीबार बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागमा आंशिक बदली रहने छ । 

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावनासमेत छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ