आइतबार, वैशाख १६ गते २०८१

सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री लामिछाने पदबाट बाहिरिनुपर्ने बताए  : सांसद दिलेन्द्रप्रसाद

सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री लामिछाने पदबाट बाहिरिनुपर्ने बताए  : सांसद दिलेन्द्रप्रसाद

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री लामिछाने पदबाट बाहिरिनुपर्ने बताए  : सांसद दिलेन्द्रप्रसाद

    चैत  १४ काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन् ।

    images

    उनले भने, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा  १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’  

    सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए । बडुले भने, ‘‘यो व्यवस्थालाई जोगाउने यो अवसर पनि हो । यसरी छानबिनलाई विश्वसनीय बनाउन सकिन्छ, विदेशमा भागेकालाई पनि रेड कर्नर नोटिस जारी गरेको भन्ने छ, त्यसमा प्रष्ट पार्न आग्रह गर्दछु ।’  

    बडुले गृहमन्त्रालयका ३ वटा विधेयक राज्य व्यवस्था समितिमा ल्याउनुपर्ने समेत बताए । उनले  प्रहरीलाई प्रदेश अन्तगर्त लैजानुपर्ने बताए । सुन तस्करी छानबिन समितिले प्रतिबेदन बुझाइसकेको बताउँदै सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार