शनिबार, वैशाख १५ गते २०८१

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

    १४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

    images

    बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।

    भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।

    राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको जानकारी गराएका थिए । राजदूत थम्पसनले अमेरिकी सहयोग नेपालको विकास र सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको बताए । साथै नेपालको धार्मिक सदभाव र एकता उत्कृष्ट रहेको विचार राख्दै चोरी भइ अमेरिका पुर्‍याइएका मूर्ति नेपाल फिर्ता गरी पुनस्र्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए ।

    भेटका अवसरमा अध्यक्ष लिङदेनले सरकारलाई ४० बुँदे माग पेश गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका थिए । सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार