शनिबार, वैशाख १५ गते २०८१

भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

    काठमाडौं । भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ ।

    images

    फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।

    अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४०० भारु नगद र ५०० भारु बराबरको ९ थान हुक्का बरामद गरेको थियो । चुरोट र अन्य तम्बाकु उत्पादन ऐनको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो भने पहिलोपटक होइन । सन् २०२१ मा उनीमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो । उनले आफ्नो एक स्ट्यान्डअप कार्यक्रममा हिन्दू देवता र देवीको बारेमा विवादास्पद टिप्पणी गरेको भन्दै आलोचना भएको थियो । उनीविरुद्ध धेरै राज्यमा एफआईआर पनि दर्ता भएको थियो । त्यसबेला उनी ३७ दिन हिरासतमा बसेका थिए ।

    विवादमा आएपछि मुनव्वरले पहिलो पटक सन् २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए । उनी उक्त सिजन १ को विजेता पनि थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार