शुक्रबार, वैशाख २१ गते २०८१

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा आइन्

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा आइन्

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा आइन्

    १४ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन भएकी मेयर हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी हुन् ।

    images

    मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको उल्लेख गरेका छन् ।

    ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ हमालले लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता  व्यक्त गर्दछु  ।’ छोरी सम्पर्कविहीन भएपछि मेयर हमालले सबैलाई सहयोगका लागि अपिल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार