आइतबार, वैशाख १६ गते २०८१

गृहमन्त्री लामिछानेले दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भनेर नसोच्न आग्रह

गृहमन्त्री लामिछानेले दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भनेर नसोच्न आग्रह

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • गृहमन्त्री  लामिछानेले दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भनेर नसोच्न आग्रह

    चैत १३ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भनेर नसोच्न आग्रह गरेका छन्।

    images

    अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै गृहमन्त्री लामिछानेले हिजोका घटनामा कसैलाई दोषारोपण गर्न नचाहने तर भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु नहुने बताएका हुन्।

    उनले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने व्यवहार परिवर्तन हुनुपर्ने बताए।

    ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार गर्न आग्रह गर्छु। सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह छ,’ उनले भने। उनले विदेशीका लागि अध्यायमन देशको मुहार भएको पनि बताए। मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा नबन्ने उनले बताए। 

    ‘अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु। केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने।

    गृहमन्त्री लामिछानेले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखे। जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती भए पनि प्रयास जारी राख्नुपर्ने बताए।

    ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न। दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला,’ उनले भने।

    कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए।

    त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएक थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार