शनिबार, वैशाख २२ गते २०८१

ललितपुर घटनाका आरोपी सार्वजनिक

ललितपुर घटनाका आरोपी सार्वजनिक

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • ललितपुर घटनाका आरोपी सार्वजनिक

    १३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

    जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।

    प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार