आइतबार, वैशाख १६ गते २०८१

बोआओ फोरममा भाग लिन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

बोआओ फोरममा भाग लिन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • बोआओ फोरममा भाग लिन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

    १३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

    images

    बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार