शुक्रबार, वैशाख २१ गते २०८१

एसईईमा जापानबाट २३ जना सहभागी हुँदै

एसईईमा जापानबाट २३ जना सहभागी हुँदै

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • एसईईमा जापानबाट २३ जना सहभागी हुँदै

    राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।  जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि उतैबाटै परीक्षा दिन पाउने भएका छन्। बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ।

    images

    जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

    चैत १५ गते सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले  देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ।  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।

    परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए।

    पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए। काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिनमात्रै पठाइनेछ। ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समयअगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने।

    परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ।

    परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार