शनिबार, वैशाख २२ गते २०८१

बाँकेमा श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या

बाँकेमा श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • बाँकेमा श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या

    काठमाडौं । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले धारिलो हतियार प्रहारगरि श्रीमतीको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा २२ वर्षिय अनिल विकले २१ वर्षिया श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

    images

    विक पर्वतिपुरकै एउटा फ्याक्ट्रीमा काम गर्ने कामदार हुन् । बर्दियाको बाँसगढी घर भएका विक कोहलपुर बस्दै आएका थिए । श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

    उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार