शनिबार, जेठ ५ गते २०८१

आयरल्याण्ड वोल्भ्स र नेपालबिचको दोस्रो खेल आज

आयरल्याण्ड वोल्भ्स र नेपालबिचको दोस्रो खेल आज

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • आयरल्याण्ड वोल्भ्स र नेपालबिचको दोस्रो खेल आज

    चैत्र १३ काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड 'ए' र नेपाल बिच दोस्रो खेल आज हुंदैछ । टियु मैदानमा हुने  खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

    images

    यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

    यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार