शनिबार, वैशाख १५ गते २०८१

वैशाखमा  प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना

वैशाखमा  प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • वैशाखमा  प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना

    चैत १२ काठमाडौं । गायिका एलिना चौहानले विवाह गर्ने भएकी छिन् । गायिका एलिनाले प्रेमी विष्णु सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्ने भएकी हुन् । झापाबाट उनीहरूको विवाह हुन लागेको हो।

    images

    दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। एलिनाले भनिन्, ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु ।’

    अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका गीतकार सापकोटा बागलुङ निवासी हुन् । गायिका एलिनासँग विष्णुको भेट गत वर्षको तीज कार्यक्रममा भएको थियो । तर, उक्त समयदेखि प्रेम सम्बन्धमा रहेपनि केहि समय अगाडी यी दुईबीच ब्रेकअप भएको खबर फैलिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार