शुक्रबार, वैशाख २१ गते २०८१

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङकी सेन्जल शाहीको निधन

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङकी सेन्जल शाहीको निधन

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङकी सेन्जल शाहीको निधन

    काठमाडाैँ – कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ। शाहीको नेपाल–भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

    images

    सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए। सरकारी अस्पतालले फर्काईदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाइ छ।

    शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राती ११ बजे बुटवल बाट काठमाडौ ल्याइएको थियो। उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भैरहेको थियो। उक्त अस्पतालम उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो।

    काठमाडौ ल्याउदा उनलाई बाटोमा स्वास प्रस्वासमा समस्या आएकोले उनको अवस्था नाजुक थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न पर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन। अस्पतालमा भेन्टिलेट नभएकोले अन्त लगेर उपचार गर्न भनेको थियो।

    त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भैरहेको थियो । कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफ्न्तको आरोप थियो । त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा आलोचना भैरहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार