शुक्रबार, वैशाख २१ गते २०८१

काठमाडौंमा  बिहानैदेखि मापसे जाँच

काठमाडौंमा  बिहानैदेखि मापसे जाँच

अखबार दैनिक
आइतबार, चैत ११ २०८०
  • काठमाडौंमा  बिहानैदेखि मापसे जाँच

    चैत ११ काठमाडौं । होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ । सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ। मूल सडक र भित्री सडकहरूमा चेकप्वाइन्ट खडा गरी बिहानैदेखि ट्राफिक चेकजाँच भइरहेको छ।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ।

    बिहानैदेखि मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको छ। उपत्यकाका विभिन्न स्थानमा बिहान ७ बजेदेखि ट्राफिक चेकिङ सुरू भएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार