शनिबार, वैशाख १५ गते २०८१

‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

अखबार दैनिक
शनिबार, चैत १० २०८०
  • ‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना, विशालसहित दुई जना हिरासतमा

    काठमाडौं । शुक्रबार चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सञ्चालक विशाल भण्डारीसहित टिम चढेको कार दुर्घटनामा घाइते भएका एक जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

    images

    दुर्घटनामा घाइते भएका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । टाउको गहिरो चोट लागेको बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घण्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत छन् ।

    बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धा गर्न गएका थिए । अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टोलीमा थिए ।

    दुर्घटनामा परेका अन्य तीन जनालाई समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ ।

    भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए । कमेडी क्लब विथ च्याम्पियनका नियमित सदस्य रहँदै आएका थिए । प्रकृती गिरीको हात भाँच्चिएको छ । यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ ।

    दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी प्रहरी हिरासतमा छन् । मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैलाई सामान्य चोटपटक लागेको छ । सुशान्तका परिवारले उनीहरूमाथि कारवाहीको माग गरिरहेका छन् । हिजो बिहान ३ बजेतिर नगरकोटबाट फर्किंदै गर्दा उनीहरू चढेको कारले विपरीत दिशामा रोकिएको टिप्परलाई ठक्कर दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार