आइतबार, वैशाख ३० गते २०८१

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

अखबार दैनिक
शुक्रबार, चैत ९ २०८०
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

    ९ चैत्र  काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ ।

    images

    सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई कमजोर स्वास्थ्यका कारण छाड्न लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।

    नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

    महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार