शनिबार, जेठ ५ गते २०८१

चालु आर्थिक वर्षमा १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात

चालु आर्थिक वर्षमा १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात

अखबार दैनिक
शुक्रबार, चैत ९ २०८०
  • चालु आर्थिक वर्षमा १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात

    काठमाडौँ । चालु आर्थिक वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याडआयात भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांकअनुसार १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात भएको हो ।

    images

    सो बराबर ९० करोड ५४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १६ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाले सो प्याड बंगलादेश, चीन, डेनमार्क, हङकङ लगायत मुलुकबाट आयात गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार