काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।
तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ ।