शनिबार, जेठ ५ गते २०८१

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ ।

    images

    पुँजि बजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७गतेका दिन पुँजि बजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

    नेपाल धितोपत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१)सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको बैंकले जनाए । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार