शनिबार, वैशाख १५ गते २०८१

‘पूजार सार्की’ प्याकअप, कौडा गीतमा नाचे आर्यन, प्रदीप र पल

‘पूजार सार्की’ प्याकअप, कौडा गीतमा नाचे आर्यन, प्रदीप र पल

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • ‘पूजार सार्की’ प्याकअप, कौडा गीतमा नाचे आर्यन, प्रदीप र पल

    काठमाडौं । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जस्ता स्टार नायकहरू एकैसाथ पर्दामा आउने कुराले दर्शकहरू निकै उत्साहित छन् । यी तीन नायकहरूको अभिनय रहेको फिल्म ‘पूजार सार्की’का कारण निर्माण अगाडी देखि नै यो फिल्म निकै चर्चामा छ ।

    images

    त्यतिमात्र हैन, फिल्मको पोस्टरमा सबै कलाकारलाई भिन्न लुक्समा देखिए पछि यो फिल्म प्रति दर्शकको चासो अझ बढ्दै गएको छ। छायांकन हुँदादेखि बाहिरिएका फिल्मका केही क्लिपले त सामाजिक सञ्जाल भरि निकै चर्चा भइरहेको छ। जसका कारण दर्शकहरू ‘पूजार सार्की’ हेर्न निकै उत्सुक देखिन्छन् ।

    दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन पुजारीको भूमिकामा प्रस्तुत छन् भने, प्रदीपले दमाईको चरित्र निभाएका छन् । कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँमा छायांकन भइरहेको यो फिल्मको गीतको छायांकन गरेसँगै सम्पूर्ण छायांकन सकिएको छ ।

    ४८औँ दिनमा मंगलबार ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा भाकाको गीत खिच्दै फिल्म ‘प्याकअप’ गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूले मगर समुदायको मौलिक पहिरनमा नृत्य गरेका छन् । उक्त गीतमा तिन नायकले भने कालो ढाका टोपी समेत लगाएका छन् ।

    आगामी वर्षको जेठ ४ गते प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुलीको पनि अभिनय छ । फिल्मका गीतहरूमा संगीत समेत भरेका संगीतकार सुवास भुसालले फिल्म निर्माण गरेका हुन् ।

    राजेश श्रेष्ठको छायांकन रहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन र कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापनमा विदुर मानन्धर छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार