शनिबार, जेठ ५ गते २०८१

फिफा विश्वकप २०२६ छनोटको लागी आज बहराइनको सामना गर्दै नेपाल

फिफा विश्वकप २०२६ छनोटको लागी आज बहराइनको सामना गर्दै नेपाल

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • फिफा विश्वकप २०२६ छनोटको लागी आज बहराइनको सामना गर्दै नेपाल

    काठमाडौं । २०२६ मा हुने फिफा विश्वकप छनोटको लागी दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध खेल्दै छ ।

    images

    पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपाल समूह ‘एच’ मा छ । दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । यसैकारण बहराइनसँग पहिलो लिग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

    बहराइनलसँगको पहिलो लिग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लिग बहराइनमा हुने भएको हो । बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लिग राति १२ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार