आइतबार, वैशाख ३० गते २०८१

कार्यकर्तालाई ओलीको निर्देशन : अहङ्कार हटाउनुस्, विनम्र बन्नुस्

कार्यकर्तालाई ओलीको निर्देशन : अहङ्कार हटाउनुस्, विनम्र बन्नुस्

अखबार दैनिक
बुधबार, चैत ७ २०८०
  • कार्यकर्तालाई ओलीको निर्देशन : अहङ्कार हटाउनुस्, विनम्र बन्नुस्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन् । 

    images

    बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन् । 

    ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ?, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ