आइतबार, वैशाख ३० गते २०८१

कांग्रेस सांसदले भनेको उखानमा एमाले सांसदको नियमापत्ति

कांग्रेस सांसदले भनेको उखानमा एमाले सांसदको नियमापत्ति

अखबार दैनिक
बुधबार, चैत ७ २०८०
  • कांग्रेस सांसदले भनेको उखानमा एमाले सांसदको नियमापत्ति

    ७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गर्ने क्रममा प्रयोग गरेको शब्दप्रति नियमापत्ति गरिएको छ ।

    images

    नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले उपप्रधानमन्त्री लामिछाने सहकारीको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानको घेरामा रहेको बताए । उनै लामिछाने गृहमन्त्री हुँदा सहकारीको रकम हिनामिनाका सम्बन्धमा निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ छ ।

    त्यसक्रममा उनले ‘आफैं धामी आफैं बोक्सी’ भन्ने उखान प्रयोग गरेका थिए । यो उखान लैगिंकताको दृष्टिले उचित नरहेको भन्दै एमालेकी सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छन् । महिलालाई अपमानित गर्ने शब्द प्रयोग भएको भन्दै उनले संसदीय अभिलेखबाट हटाउन माग गरेकी छन् ।

    सभामुख देवराज घिमिरेले नियमापत्तिप्रति ध्यान आकृष्ट भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ