काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।प्रधानाध्यापक बालहरि देवकोटा, सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमलप्रसाद शर्मा धरौटीमा रिहा भएका हुन् ।
न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले प्रधानाध्यापक देवकोटालाई ३ लाख, सह प्रधानाध्यापक अधिकारीलाई र होस्टेल वार्डेन कमलप्रसाद शर्मालाई ५/५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो ।
शालीन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी थिइन् ।