आइतबार, मंसिर २ गते २०८१

खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं

खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं

अखबार दैनिक
बुधबार, चैत ७ २०८०
  • खराब वायु प्रदूषणको सूचीमा नेपाल आठौं

    काठमाडौँ । सन् २०२३ मा विश्वका सबैभन्दा खराब वायु प्रदूषण रहेका देशको सूचीमा नेपाल आठौं स्थानमा परेको छ । स्विट्जरल्यान्डस्थित वायुको गुणस्तर मापनसम्बन्धी प्राविधिक कम्पनी आईक्यू एयरले आज जारी गरेको छैटौं विश्व वायु गुणस्तर प्रतिवेदनले यस्तो देखाएको हो ।

    images

    सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ।  त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।

    2023_world_air_quality_report-(1)-9_9f2UFlDfjP.webp

    चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।

    प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ