आइतबार, वैशाख ३० गते २०८१

मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

    ६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् ।

    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मन्त्रिपरिषद् किन समावेशी नभएको भनी प्रश्न गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको हाम्रो क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुने कुरा पनि म प्रष्ट गर्न चाहन्छु ।’

    संविधानतः संघीय सरकारमा २५ जनासम्म मन्त्री हुन सक्छन् । हाल २१ वटा मन्त्रालय छन् । ती सबै मन्त्रालयमा मन्त्री छन् ।

    मन्त्रालय नफुटाउँदा वा नथप्दा हालको मन्त्रिपरिषद्‌मा नयाँ मन्त्रीको नियुक्ति सम्भव छैन । हालको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री नियुक्त हुन सक्छन् ।

    दलित समुदायबाट मन्त्री बनाउने वा राज्यमन्त्री बनाउने भन्ने विषयमा भने प्रधानमन्त्रीले केही खुलाएनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ