शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार