शुक्रबार, वैशाख २८ गते २०८१

राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ : सांसद एकनाथ ढकाल

राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ : सांसद एकनाथ ढकाल

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ : सांसद एकनाथ ढकाल

    काठमाडौं  । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नबिन सुझाब दिएका छन् । सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सुझाब दिएका छन् । सांसद ढकालले पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै हस्पिटालिटी ब्यबशाय लाई प्रोत्शाहन गर्नुका साथै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा संचालन गर्ने सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका ढकालले जलबिधुत विकासमा जोड दिदै जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथासिघ्र निर्माण कार्यको थालनी गनुपर्नेमा जोड दिएका छन् ।

    images

    पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक नरहेको भन्दै “राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान  नेपाली अर्थतन्त्र चुनौतिपूर्ण रहको सांसद ढकालको बिश्लेषण छ । सांसद ढकालले वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको नभएको नभई कर्मकाण्डी मात्र भएको भन्दै विधेयकको परिमार्जन र पुनर्लेखनमा जोड दिएका छन् ।  

    सांसद ढकालले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ भन्दै परम्पराको निरन्तरताले मात्रै नयाँ लक्ष्य हाँसिल हुन नसक्ने बताए ।  ढकालले भने “बिनियोजन विधेयकका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा, “वातावरण मैत्री बिकासको अबधारणा“ नैतिकवान समाजको  सृजना र मानबिय मुल्यमान्यताको जगेर्ना पनि हो“। आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको  मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने उनको भनाइ थियो । सांसद ढकालले ‘समृद्ध नेपाल, सुखी  नेपाली’ को लक्ष्य हाँसिल गर्न आगामी  बजेट केन्द्रित हुनु पर्ने बताउदै १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि  समृद्धिका ३२ वटा  सूचक र  सुःखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको प्रसङ्ग स्मरण गर्दै आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गरे ।

    सांसद ढकालले उठाएका तीन प्रमुख नबिन बिषय
    शान्ति संबेदनशील बिकासको अबधारणालाई बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गर्ने । राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दु वाट द्धन्दको बिजारोपण हुन्छ भन्दै सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको बताएका छन् ।  

    सामाजिक सदभाव, ऐक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक “अन्तरधार्मिक तथा अन्तर–सास्कृतिक आयोग गठन गर्ने सोच अघि बढाऊने

    नैतिकवान समाज सृजनाको लागि बिधालय स्तर वाट नैतिक शिक्षा लागु गर्ने । पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्ने । अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले नेपालको असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्ने ।  परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक सहायता रोक्ने र  सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्ने खालको बजेट ल्याउन सरकारलाई सुझाब दिएका छन् । नेपाल परिवार दलका सस्थापक समेत रहेका ढकालले निरन्तर अन्तर–धार्मिक एकता, पारिवारिक मूल्यमान्यताको जगेर्ना तथा नैतिकवान समाजको सृजना लगाएतका बिषय उठान गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार