शुक्रबार, वैशाख २८ गते २०८१

राष्ट्रियसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • राष्ट्रियसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।  सोमवार बसेको राष्ट्रियसभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । 

    images

    उनको श्रद्धाञ्जलीस्वरुप सभाका सदस्यहरूले एक मिनेट मौन धारणसमेत गरे । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने– ‘संघीय संसद् प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु ।’ 

    २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । राष्ट्रियसभाको अर्को बैठक चैत्र ७ गते बुधवार बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ